शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण, ४ जनाको ज्यान गयो
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तैगरी आज कोरोना संक्रमणका कारण थप ४ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट हालसम्म ३ हजार २४ जनाको ज्यान गएको छ ।
आज प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको छ । प्रदेश २ मा भने थप संक्रमण देखिएको छैन ।













