७ श्रावण २०८३, बिहिबार

नेपाल टेलिकमको साधारण सभाबाट ४० रुपैयाँ लाभांश पारित, चार्टर्ड अकाउन्टेन्ट थापा र आनन्द लेखापरीक्षकमा नियुक्त



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । चैत्र १३ गते काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४० रुपैयाँका नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

May be an image of 4 people and people standing

सभाले आर्थिक वर्ष २०७६।०७७ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड अकाउन्टेन्ट प्रकाशजंग थापा र चार्टर्ड अकाउन्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

May be an image of 1 person and standing

सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित चयन गरी सभाले अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्