सिर्जना फाइनान्सको १४.२७% लाभांश पारित, सिटिजन्स बैंकसँग प्राप्तिमा जाने
काठमाडौं । सिर्जना फाइनान्सको १४.२७% लाभांश पारित गरिएको छ । फाइनान्सको २० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२७% लाभांश पारित गरेको हो । जसमा १३.५९ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
सभाले सेयर संरचनालाई परिवर्तन गर्दै संस्थापकतर्फ ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसित रु. ९५ सेयर अनुपातमा २०७८ असारभित्र प्राप्तिमा जाने सहमति भएको छ ।













