आइएमइले सर्वसाधारणलाई आइपीओ जारी गर्ने, कहिले आउँछ आइपीओ ?
काठमाडौं । इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले चुक्ता पूँजीको १० देखि ३० प्रतिशतसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ ।
आइएमइले आगामी आर्थिक बर्ष २०७८÷७९ भित्र आइपीओ निष्काशनको लागि प्रक्रिया अगाडी बढाइसकेको जनाएको छ । आइपीओ संभवत बुक बिडिङ विधिमार्फत् निष्काशन हुनेछ ।
२० वर्षदेखि रेमिट्यान्स भित्र्याउँदै आएको आइएमइ ३ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ ।













