३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । चैत्र १६ गते सोमबार नेपाल इन्स्योरेन्स कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको ७२ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । चैत्र २९ गते हुने साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५७९ प्रतिशत नगद गरी कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । चैत २८ गते हुने साधारण सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ०.२० नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।













