७ श्रावण २०८३, बिहिबार

सोमबार सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सनेमबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्