७ श्रावण २०८३, बिहिबार

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा तीन कम्पनीको १९ लाख २४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोमबार पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्थाको १९ लाख २४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता, आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनस सेयर बापतको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता र एनएमबि लघुवित्त वित्तिय संस्थाको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्