भारतमा २४ घण्टामा थप ६८ हजार नयाँ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा संसारमा सबैभन्दा बढि नयाँ संक्रमित थपिएका छन । आइतबार भारतमा थप ६८ हजार २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा भारतमा थप ३२,१४९ मानिसहरु कोरोनामुक्त भएका छन् भने २९५ मानिसको ज्यान पनि गइसकेको छ ।
भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा बढि पुगेको छ ।हाल भारतमा ५ लाख १८ हजार ७६७ मानिसहरुको उपचार भइरहेको भारतको स्वास्थ्य मन्त्रायले जनाएको छ ।













