शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टमको अनावरण - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टमको अनावरण



काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादनको घोषणा गरेको छ । यससँग ब्रान्डले सामान र इकोसिस्टममा अझ सामानहरु ल्याउने योजना बनाएको छ ।

मी टिभी ४एक्स ६५ इन्च

आफ्नो स्मार्ट टिभीहरुको पार्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ । यस मोडलमा ६५ इन्च द्धप् डिस्प्ले एच्.डी.आर छ र यो टिभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यु.आइ को साथ उपलब्ध छ । शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट द्वारा सञ्चालित छ र यसमा माली जी.पी.यू, २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज साथमा छ ।


मी ४ ए ४३ इन्च होराइजन एडिसन

नामले भने गरे बमोजिम शाओमी मी ४ ए ४३ इन्च होराइजन एडिसन म्ीटि.भी ४ ए को एक संस्करण हो जसलाई शाओमीले “होराइजन डिस्प्ले”को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन् । मी ४ ए ४३ इन्च होराइजन एडिसनको स्कृनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु छन्। डिजाईनको ठूलो फाइदा भनेको ठाउँ प्रतिबन्धको साथ खरीददारहरुले आफुले सम्भवतः सोचेको भन्दा ठूलो स्कृनको पाउँन सक्छन्। तलको मध्यम भागतिर मीको एउटा सानो लोगो छ। स्टयन्डबाइ लाइटको लागि सानो मोड्युलको साथ, आइ.आर रिसीभर र यसको ठीक तल पावर बटन राखिएको छ। टिभी ज्यादै मोटो छैन र बेस स्ट्यान्ड बिना मात्र ६.६ केजी तौलको छ।

मी टिभी ४ ए ४०

अब समय आएको छ मी टिभी ४ ए ४० का साथ तपाईँको बैठक कोठालाई मनोरञ्जनको लागि सही उपयोग गर्ने । मीटिभी ४ ए ४० को पूर्ण एच्.डी डिस्प्लेले चमकदार रंगको गुणस्तर र व्रिmस्प डिटेल प्रदान गर्दछ जसले प्रत्येक दृश्यलाई ठूलो बनाउँछ । २० वाट स्पिकरहरु डीटीएस–एचडी टेक्नोलोजीसँग यो सुसज्जित छ जसले स्पष्ट ध्वनि प्रदान गर्दछ । मनोरञ्जन प्याच वालसँग झनै थप मनोरञ्जन प्रदान हुन्छ जसमा ७००,००० घण्टा भन्दा बढीको सुविधा उपलब्ध छ ।
मी टिभी ४ ए ४० टिभीलाई वास्तवमै स्मार्ट बनाउने भनेको यसमा थप गरिएको एन्ड्रोइड टिभी र गुगल एसिस्ट्यान्ट हो जसले तपाईँलाई कन्टेन्ट प्ले गर्न अनुमीत दिन्छ, उत्तरहरु फेला पार्न मदत गर्छ र अन्य विभिन्न कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ । साथै डेटा सेभर मोड जसले तपाईँलाई ३ गुना बढी भिडियो कन्टेन्टहरु स्ट्रिम गर्न अनुमीत दिन्छ, तपाईँको फोनबाट टिभीमा मिीडया हेर्न सहयोग पुर्याउँछ र तपाईँलाई सामग्री सजिलैसँग स्ट्रिम गर्न मदत पुर्याउँछ ।

मी एलइडी टिभी ४ ए ३२

मी एलइडी टिभी ४ ए ३२ले तपाईँको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्दछ । यसमा फिचर्ड पूर्ण एचडी एलइडी डिस्प्लेले स्पष्टता र रंग प्रदान गर्दछ, चमक बढाउँछ र रँगहरुको समृद्धि श्रेणी प्रदान गर्दछ। एन्ड्रोइड टिभी प्याच वाल एकृकीत भएको हुँदा बिंगी वाचर्सले मनोरञ्जन लिन पाउँछन् र सम्पूर्ण परिवार सदस्यले ७००,००० घण्टा भन्दा बढी उपयोगी सामग्रीको आनन्द लिन पाउँछन् । यसमा डुअल १० वाट स्टिरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर पनि रहेको छ । तपाईँले आफ्नो स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईका मार्फत जडान गर्न सक्नुहुन्छ र निर्बाध स्टोरेज र गतिको आनन्द लिन सक्नुहुन्छ किनकि यस टिभीमा १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।

नेपालमा मी इको सिस्टम

शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप २ उत्पादन हरु थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र म्ीबियर्ड ट्रिमर स्वदेशमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्