सोमबार थपिए १४१ जनामा कोरोना, ८२ कोरोना जितेर घर फर्के - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सोमबार थपिए १४१ जनामा कोरोना, ८२ कोरोना जितेर घर फर्के



काठमाडौं । सोमबार पछिल्लो चौबीस घण्टामा कोभिड १९ का १ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।त्यस्तगरि पछिल्लो चौबीस घण्टामा ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोरोना भाइरस कोभिड–१९ का कारण तीन हजार २७ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर क्वारेन्टिनमा ५६ जना छन् भने आइसोलेसनमा एक ३४१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्