मंगलबार नेप्सेले गर्यो ३ कम्पनीको सेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ६९ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।













