सोमबार २ सयले बढेको सुनको मूल्य मंगलबार ५ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।













