एचआईडीसीएलले शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दियो
काठमाडौं । एचआईडीसीएलले १००% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन आवेदन दिएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरले १ः१ को अनुपातमा कुल ११ अर्ब रुपैयाँबराबरको ११ करोड कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको हो ।
हकप्रद निष्कासनको अनुमति माग्दै गत चैत १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।













