७ श्रावण २०८३, बिहिबार

निर्धन उत्थान लघुवित्तको आजदेखि १ लाख ८ हजार कित्ता सेयर बिक्री खुला



काठमाडौं । आज (चैत्र १८ गते बुधबार) देखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको मूल्य न्यूनतम ५५० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले न्युनतम ५५० रुपैयाँदेखि बोलकबोल गर्न सक्ने भएका छन् । योग्य तथा इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत १८ गतेदेखि बैशाख २१ गतेसम्म बोलकबोलका लागि आवदेन दिन सक्ने छन् । संस्थाको बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

निर्धनको संस्थापक सेयर लिलामीमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

आवेदकले एनआईविएल एस क्यापिटल लाजिम्पाटमा गएर आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य राखि गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्