नागरिक स्टक डिलरको कारोबार शुरु, पहिलो पटक ठूलै बैंकको सेयर बेच्यो
काठमाडौं । नगारिक स्टक डिलरले सेयर कारोबार गर्न शुरु गरेको छ । मंगलबार नबिल बैंकको ५ हजार कित्ता सेयर बिक्री गरेर सेयर कारोबार शुरु गरेको हो ।
स्टक डिलरलाई नयाँ ५०१ ब्रोकर नम्बर लिएर कारोबार थालेको कम्पनीले १२३५ देखि १२४० रुपैयाँमा नबिल बैंकको सेयर बेचेको हो । नागरिक स्टक डिलरले कुल ९ हजार कित्ता सेयर १ करोड २८ लाख ४३ हजार ५२० रुपैयाँबराबरको बिक्री गरेको छ भने ४७१ कित्ता सेयर ४ लाख २३ हजार ९०० रुपैयाँमा खरिद गरेको छ ।
स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ ।













