७ श्रावण २०८३, बिहिबार

उन्नति र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १७ रूपैयाँ सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ३० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २५ रूपैयाँ सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ६ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्