१२ कार्तिक २०८३, बिहिबार

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठलाई हाललाई २ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हाे ।

उनको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुनेछ।