७ श्रावण २०८३, बिहिबार

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ लाभांश ?



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन रहेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १९ गतेदेखि चैत्र ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार गर्ने सेयरधनीहरूले मात्र सभामा भाग र लाभांश पाउन सक्नेछन् ।

कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा हुने छ । सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०ः३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिने छ । सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट १५.३४ प्रतिशत बोनस सेयर र ०.८ प्रतिशत नगद गरि कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको १२ औँ वार्षिक साधारण सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको, धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्