७ श्रावण २०८३, बिहिबार

नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिने समय थपियो



काठमाडौं । नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयरमा आवेदन दिने म्याद थप गरिएको हो । चैत्र १९ गते बिहीबारसम्म आवेदन दिन पाइने ब्यवस्था गरिएको भएपनि समय थप गर्दै चैत्र २६ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

कम्पनीले कोषको संस्थापक समूहको १ लाख ३ हजार ७ सय कित्ता सेयर बिक्री ख्ला गरेको छ । बोलकबोल प्रकृयाबाट सेयरहरू खरिद गर्नु पर्ने छ । इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ३ सय ५० रुपैयाँमा नघट्ने गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

6063ff9a81243.jpg


प्रतिक्रिया दिनुहोस्