मेरो सेयरको समस्या तत्काललाई समाधान, २ वटा सर्भर राखेपछि समस्या नआउने
काठमाडौं । मेरो सेयरको समस्या तत्कालको लागी समाधान गरिएको छ । बेला बेलामा समस्या आउनेभएपछि मेरो सेयर प्रयोगकर्ताले सास्ती खेप्नु परेको थियो । तत्काल २ वटा सर्भर राखेर समाधान भएको तर दिर्घकालिन समस्या समाधान भने नभएको जनाएको छ ।
मेरो सेयरमा बारम्बार समस्या देखिएपछी मंगलबार रती ८ बजेदेखि सेवा बन्द गरेको थियो । सिडीएसले मंगलबार राति २ वटा सर्भर थपेर डाटा माइग्रेसनको काम गरेको हो । मेरो सेयर प्रयोग गर्नेको संख्या बढेपछि चाप बढेको सिडीएसले जनाएको छ । मेरो सेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गरेर समाधान गरिएको हो ।
अहिले अल्पकालीन समाधान गरिएको र दिर्घकालिन समस्या समाधानको छुट्टै व्यवस्था गरिने छ । पहिलेको जस्तो अब सिस्टममा समस्या नआउने दामवी गरेको छ ।













