नेपाल र रावलपछि पाण्डे र भुसाललाई डण्डा, एमालेबाट ६ महिनाका लागि निलम्बित
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागी निलम्बन गरेपछि नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरिएको छ ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरिएको हो ।
पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् ।















