नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स् बिच भयो सम्झौता
काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रा लि बिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बंंैकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।
निरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र सुश्री सुनिता न्हेम्हाफुकी, अध्यक्ष, आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रा. लि, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एसएमई तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदान्ँ कर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छौ। यस सँझेदारीस“गै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।
आरएण्डडि.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, “नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आरएण्डडि इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहु“च सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ । यसका लागि आर.एण्ड डि. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकासस“गै तिनै प्राविधिक मार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ ।
नबिल बैंकको ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।













