नेपालमा हुवावे वाच जीटी ७ र जीटी ७ प्रो सार्वजनिक, सुरुवाती मूल्य ४४ हजार ९९० रुपैयाँ
काठमाडौं । हुवावेले नेपालमा आफ्नो नयाँ ‘हुवावे वाच जीटी ७’ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ।
यस सिरिजअन्तर्गत रु. ४४,९९० मूल्यको हुवावे वाच जीटी ७ र रु. ६४,९९० मूल्यको हुवावे वाच जीटी ७ प्रो उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टवाचमा आकर्षक रूपसँगै स्मार्ट फिटनेस तथा स्वास्थ्यसम्बन्धी सुविधाहरू समावेश गरिएका छन्।
हुवावे वाच जीटी ७ प्रोमा एयरोस्पेस-ग्रेड टाइटेनियम एलोय केस, नानो-टेक्नोलोजी सिरेमिक बेजेल र नीलमणि (स्याफायर) ग्लासको सुरक्षा प्रदान गरिएको छ। यसमा रहेको १.४७ इन्चको एमोले डिस्प्लेले अधिकतम ३,००० निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने भएकाले बाहिरी वातावरणमा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ।
हुवावेको ‘सनफ्लावर पोजिसनिङ सिस्टम’ र डुअल-ब्यान्ड जीपीएस प्रविधिसहितको यस स्मार्टवाचले यात्राको मार्गलाई सटीक रूपमा ट्र्याक गर्न सहयोग गर्छ। यसको ट्रेल रनिङ मोडले उचाइ, गति, उकालो–ओरालोको ढलान, दूरी तथा मुटुको धड्कनसम्बन्धी जानकारी प्रदान गर्छ। यी सुविधाहरूले गर्दा यो घडी हाइकिङ, ट्रेकिङ तथा अन्य बाह्य (आउटडोर) गतिविधिहरूका लागि उपयुक्त बनेको छ।
यसका अतिरिक्त, साइकलिङ र गल्फका लागि विशेष सुविधाहरू तथा ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङ गर्न सहयोग गर्ने सुविधाले यस स्मार्टवाचको खेलकुदसम्बन्धी क्षमतालाई थप विस्तार गरेको छ।
हुवावे वाच जीटी ७ प्रोमा इसिजी विश्लेषण, मुटुको धड्कन तथा रगतमा अक्सिजनको मात्रा निगरानी, निद्रा विश्लेषण, एचआरभी (हार्ट रेट भेरिएबिलिटी) ट्र्याकिङ र तनाव निगरानीजस्ता सुविधाहरू उपलब्ध छन्।
यसमा रहेको ‘फिजकल रेडिनेस स्कोर’ले प्रयोगकर्तालाई शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि आफ्नो शारीरिक तयारी बुझ्न मद्दत गर्छ। साथै, ११० भन्दा बढी वर्कआउट मोडहरूले विभिन्न फिटनेस लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछन्।
यस स्मार्टवाचको अर्को विशेषता यसको लामो ब्याट्री लाइफ हो। प्रयोगको अवस्थाअनुसार सामान्य प्रयोगमा १२ दिनसम्म, कम प्रयोगमा २१ दिनसम्म र ट्रेल रनिङ मोडमा ५१ घण्टासम्म यसको ब्याट्री टिक्न सक्छ।
यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवै डिभाइससँग जोडेर प्रयोग गर्न सकिन्छ।
हुवावे वाच जीटी ७ को ४६ एमएम भेरियन्ट कालो र पहेँलो रङमा तथा ४१ एमएम भेरियन्ट गुलाबी रङमा उपलब्ध छ। यसको मूल्य रु. ४४,९९० तोकिएको छ।
त्यस्तै, हुवावे वाच जीटी ७ प्रोको ४६ एमएम भेरियन्ट कालो, हरियो र पहेँलो रङमा उपलब्ध छ। यसको मूल्य रु. ६४,९९० रहेको छ।
सीमित अवधिका लागि हुवावे वाच जीटी ७ प्रो खरिद गर्ने ग्राहकले रु. ५,४९० मूल्य पर्ने ‘हुवावे फ्रिबड्स एसई २’ निःशुल्क प्राप्त गर्नेछन्। यस विशेष अफरले ग्राहकलाई प्रिमियम स्मार्टवाचको अनुभवसँगै थप मूल्यवान उपहार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।















