७ श्रावण २०८३, बिहिबार

डिप्रोक्स लघुवित्तको साधारण सभाबाट २० प्रतिशत लाभांश पारित, खनाल सर्वसम्मत अध्यक्षमा चयन



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधराणसभा शुक्रबार सम्पन्न भएको छ । लघुवित्तको १९ औँ बार्षिक साधारण सभा चितवनको सौरास्थित होटेल मोनासिलामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । हालको चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँ रहेकोमा बोनस सेयर पश्चात चुक्तापुँजी १ अर्व १५ करोड ६२ लाख पुग्नेछ ।

त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र पनि पारित गरिएको छ । सभाले संस्थापक सदस्यहरुमध्येबाट सञ्चालकहरुमा लुम्बिनी विकास बैंक लिमिटेडका तर्फवाट दिपक खनाल, कृषि विकास बैंक लिमिटेडका तर्फवाट यज्ञप्रकाश न्यौपाने र विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स–नेपाल) का तर्फवाट गणेशकुमार केसी निर्वाचित गरेको छ । त्यस्तै, बार्षिक साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकले सञ्चालक दीपक खनाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्