राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको सुरुवात गरिन्
काठमाडौं । राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको सुरुवात गरेकी छिन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी हुन् ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ।














