साताको अन्तिम दिन नेप्से सामान्य अंकले बढ्यो, साढे ६ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) २.७४ अंकले बढेर २७७४.३५ अंकमा बन्द भएको छ । बिहीबार तिव्र उतारचढाबका बीच नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । यस साता लगातार ३ दिन लगातार रेकर्ड कायम गर्दै ऐतिहासिक बीन्दुमा आएको नेप्से बुधबार करेक्सन भएको थियो भने बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ । तर नयाँ रेकर्ड भने कायम गर्न सकेको छैन ।
बिहीबार दिनभरि २०७ कम्पनीका १ करोड ३१ लाख ९८ हजार ५१३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ५५ लाख २५ हजार ६९८ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार होटल तथा पर्यटन ०.७३ प्रतिशत, बैंकिङ्ग समूह ०.१ प्रतिशत, डेभलपमेन्ट बैंक ०.७५ प्रतिशत, फाइनान्स ३.१८ प्रतिशत, माइक्रोफाइनान्स २.०९ प्रतिशत, जीवन बीमा समूह ०.५४ प्रतिशत र म्युचुअल फण्ड ०.१३ प्रतिशतले बढेको छ भने ब्यापार समूह ०.८१ प्रतिशत, हाइड्रो पावर समूह ०.८८ प्रतिशत, निर्जीवन बीमा समूह ०.४६ प्रतिशत, म्यानुफ्याक्चर तथा प्रो. समूहको ०.५१ प्रतिशत, अन्य समूह १.०७ प्रतिशत र इन्भेष्टमेण्ट समूह ०.४२ प्रतिशतले घटेको छ ।













