१२ कार्तिक २०८३, बिहिबार

चाडपर्वमा बजाज विगोको विशेष अफर: ५० हजार छुट र ३० हजारसम्म एक्सचेन्ज बोनस



काठमाडौं। बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्गे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली ग्राहकहरूका लागि नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्गे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।

‘चाडपर्वको बहार, विगो मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले बजाज विगो खरिदमा रु. ५० हजारको छुट प्राप्त गर्न सक्नेछन्।

यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज विगो खरिद गर्ने ग्राहकहरूका लागि रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरूको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै बजाज विगो मा ६ वर्ष वा १,५०,००० किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको छ ।

साथै, ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन हुलास फिनसर्व हायार पर्चेज लिमिटेड (एचएफएल) लाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ। सजिलो फाइनान्सका साथसाथै ३६ महिने (इएमआई) सुविधाले ग्राहकलाई अझ सरल बनाएको पनि कम्पनीले जनाएको छ ।

नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्गे मा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (एलएफपी) ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताहरू रहेका छन्।

बजाज विगो ले पूर्ण चार्जमा करिब १३० देखि १४० किलोमिटरको व्यावहारिक रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन्।

यी सुविधाहरूले दैनिक व्यावसायिक प्रयोगका लागि सवारीसाधनलाई अझ व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउँछन्। योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्तहरू तथा उपलब्धताका लागि ग्राहकहरूले नजिकैको आधिकारिक बजाज तीनपाङ्गे सवारीसाधन शोरुममा सम्पर्क गर्न सक्नेछन् ।