साउन १ बाट ब्रोकरहरुले आफ्नै टीएमएस ल्याउने
काठमाडौैं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले २०७८ साल साउन १ गतेदेखि आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भएका छन् । ब्रोकरहरुको संयुक्त पहलमा सेयर कारोबारको लागि नयाँ टिएमएस ल्याउने भएका छन् । ब्रोकर कम्पनीहरुले सेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणालीका लागि काम गरिरहेका ब्रोकर एसोसियनले जनाएको छ ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अनुसार धितोपत्र कारोबारमा निहीत जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशहरुमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने भएका हुन् । सबै पक्षको सहयोग भएमा सेयर लगानीकर्ताहरुले आगामी साउन १ गतेबाट नयाँ टिएमएसबाट कारोबार गर्न पाउने ब्रोकर्स एसोसिएसनले जनाएको हो । “सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा गरेका छौ ।”













