सचेतनामूलक कार्यक्रममा सक्रिय बन्दै मिर्मिरे लघुवित्त
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित श्री कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा १० का विद्यार्थीहरु सहभागि उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय, सुखड कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहरा अतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक सागर बोहराले विधुतिय अपराध ऐन, यौन जन्य हिंसा, लागू पदार्थ दुव्र्यसनी सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो, बालबालिकाहरुमाथि सामाजिक संजालको प्रयोगबाट हुन सक्ने हिंसा, बाल विवाह र सो सम्बन्धि वर्तमान कानुनी व्यवस्था सडक सुरक्षामा अपनाउनुपर्ने साबधानी तथा दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु, ट्राफिक संकेत र त्यसको अर्थ, ट्राफिक लाइटमा सवारी संचालन तथा सुरक्षित सडक प्रयोग सम्बन्धी सहभागी बिद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
उक्त कार्यक्रममा वित्तीय संस्थाका तालिम सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, अनुगमन अधिकृत सुरेश बहादुर खड्का, पहलमानपुर शाखा प्रबन्धक सन्देश बोहरा, विद्यालयको तर्फबाट प्र।अ उमाकान्त मिश्र लगायतको उपस्थिति रहेको थियो ।















