ठूला शहरमा १ महिना विद्यालय बन्द गर्न सिफारिस
काठमाडौं । उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालयहरु १ महिना बन्द गर्न सिफारिस गरेको हो । यस अवधिमा अनलाइनमार्फत कक्षा सञ्चालन गर्न मन्त्रालयले सुझाव दिएको छ ।
पछिल्लो समय देखिएको कोराना युवाहरुमा बढि देखिएको पाइएको छ । नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएकाले चेन ब्रेक गर्न कम्तीमा ३० दिन लाग्ने भएकाले विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना भाइरसको संक्रमण बढे भयावह अवस्था सिर्जना हुने आंकलन गरेको छ । मन्त्रालयले जेठ अन्तिमदेखि असारमा दैनिक ११ हजारको हाराहारीमा संक्रमण पुष्टि हुने आंकलन गरेको हो ।













