२४ भदौ २०८३, बुधबार

एनआईबीएल एस क्यापिटलद्वारा देवयानी इन्टरनेशनलका कर्मचारीलाई तालिम प्रदान



काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले देवयानी इन्टरनेशनल नेपाल प्रा.लिका कर्मचारीलाई तालिम दिएको छ । कम्पनीले सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको हो ।

क्यापिटलले सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार नेपालकै पहिलो खुलामुखी योजना ल्याइसकेको छ । त्यस्तै अन्य दुृृृृई बन्दमुखी योजना समेत संचालन गरिरहेको छ । तालिममा कम्पनीका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धि र पूंजीबजारसंग सम्बन्धित अन्य विषयको समेत प्रशिक्षण गराइएको थियो ।

के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुडको सेवा दिइरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमि, बौद्द, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई तालिम दिइएको हो ।