मिर्मिरे लघुवित्तद्वारा शैक्षिक सामग्री सहयोगार्थ ५० हजार प्रदान
काटमाठौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्लाको लम्किचुहा–८, बचैला स्थित श्री कालिका प्राथमिक विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका समुदाय परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्रीमा सहयोग पुग्ने उद्देश्यले ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । श्री कालिका प्राथमिक विद्यालय, बचैला को प्राङ्गणमा नव–निर्मित बालबालिकाको प्रतिभा प्रस्फुटन मंचको समुद्घाटन तथा नव बर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रमकाबीच ५० हजार बराबरको चेक बिद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।
जय बागेश्वरी आयल स्टोर्स एवं रामारोशन इट्टा उद्योगका प्रोपाइटर तथा मिर्मिरे लघुवित्त संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले बिद्यालय परिसरमा निजिस्तरबाट सहयोग गरि मंच निर्माण गरेको छन् । बिद्यालयका प्रधानाध्यापक गोपाल बि.क.ले अध्यक्ष बोहरालाई धन्यबाद ब्यक्त गरे । कार्यक्रममा मिर्मिरे लघुवित्तका क्षेत्रीय प्रबन्धक वेद प्रकाश आचार्यले नव निर्मित मंचको रिबन काटेर समुद्घाटन गर्नुका साथै सहयोग राशिको चेक हस्तान्तरण गरोक छन् । मिर्मिरे लघुवित्तको देशभर सातै प्रदेशमा ब्यापक रुपमा उपस्थिति रहेको र वित्तीय संस्थाले विपन्न बर्गको सर्वोपरी हितमा कार्य गर्दै आइरहेको उनले बताए । आगामी दिनहरुमा ‘एक घर–एक मिर्मिरे सदस्य’ अभियान मार्फत सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोर्ख बहादुर बिष्टको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा लम्किचुहा नगरपालिका ८ का जनप्रतिनिधि जय प्रसाद देवकोटाको प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा मिर्मिरे लघुवित्तका बौनिया क्षेत्रका क्षेत्रीय प्रबन्धक वेद प्रकाश आचार्य विशिष्ट अतिथि थिए । मिर्मिरे लघुवित्तको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय छ । संस्थाले देशभर १४८ शाखामार्फत करिब १ लाख बढी बिपन्न बर्गका लक्षित सेवाग्राहीलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।












