२४ भदौ २०८३, बुधबार

क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने गरि त्रिविले अनुमति दियो



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने गरि अनुमति दिएको छ ।

सोमबार सरकारले कोरोना भाइरस प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले क्याम्पसलाई नै पठपाठनको विधि आफै रोज्न अनुमति दिएको हो ।

अब क्याम्पसले कोरोना संक्रमितको अवस्था हेरेर आफैँ अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्न पाउने छन् ।

शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई जिम्मा दिएको बताएका छन् ।