२७ श्रावण २०८३, बुधबार

कोरोना संक्रमण भयानक बन्दै, थप ११ को मृत्यु, १७३६ संक्रमित थपिए



काठमाडौं । पछिल्ले २४ घण्टामा देशभर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६७ जनामा र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा गरी कुल १ हजार ७६३ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाण्डौ ५५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ३५ जना गरी उपत्यकामा मात्रै ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप २५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । त्यस्तै, ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ हजार १०२ पुगेको छ ।