२७ श्रावण २०८३, बुधबार

कोरोना संक्रमण भयानक बन्दै, बुधबार थप २३ सय ५१ जनामा कोरोना



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौंमा ७८६, ललितपुर १८१ र भक्तपुरका ८४ जना गरी उपत्यकामा १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्।