‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण आयोजना
काठमाण्डौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेण्ट च्याप्टर को सहकार्यमा एशोसिएट पार्टनर (ग्लोबल कलेज इन्टरनेश्नल), एयरलाइन्स पार्टनरहरु (बुद्ध एयर र समिट एयर), हस्पिट्यालिटी पार्टनरहरु (के जी एच ग्रुप अफ होटल एंड रिसोर्ट, कम्युनिटी होमेस्टे नेटवर्क, जंगल सफारी रिसोर्ट र माउण्ट कैलाश रिसोर्ट), एडभेन्चर पार्टनरहरु (नेपाल एशोसिएसन् अफ राफ्टिङ्ग एजेन्सिज), हाइग्राउण्ड एडभेन्चर, योयो जिपलाइन र जिप फ्लायर नेपाल), हाइजिन पार्टनर (आइक्लिन टेक्नोलोजी) लगायत ग्लोबल कलेज इन्टरनेशनल, ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिट्यालिटी एजुकेशन, मिडभ्याली इन्टरनेशनल कलेजको आतिथ्यतामा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण आयोजना गरेको छ ।
पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।
यस वर्ष पाटा नेपालले ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट २०२१ अन्र्तगत “पब्लिक स्पिकिङ कम्पिटिसन”,“टुरिजम एन्ड हस्पिटालिटी क्विज”, “कन्टेन्ट राईटिङ कम्पिटिसन”, “फुटसल प्रतियोगिता” र “युवा पर्यटन प्रोफेशनल सेफ कम्पिटिशन” गरि पाँच वटा कार्यक्रम समावेश गरेको छ ।
पाटा युथ ट्यालेन्ट क्वेस्ट २०२१ को सुरुवात अप्रिल १६ तारिखका दिन राजधानीको गेट कलेजमा आयोजित “पब्लिक स्पिकिङ कम्पिटिसन” द्वारा गरियो जसमा गेट कलेजकी छात्रा समिच्छा भट्टराई प्रतियोगिताको विजेता बनिन भने नाथम कलेजकी सिजल कुँवर र जीसीआई कलेजकी सुधा शाक्य क्रमशः पहिलो र दोस्रो उपविजेता घोषित भएकी छिन् । “पब्लिक स्पिकिङ कम्पिटिसन” को फाइनलमा ८ वटा विभिन्न पाटा नेपाल सदस्य शैक्षिकसंस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुले “नयाँ परिवेशमा पर्यटन तथा हस्पिटालिटी क्षेत्र र गन्तब्य नेपाल”, “कोभिड पछिको पर्यटनका लागी प्राबिधिक रुपान्तरण र प्रवर्धन” र “नयाँ परिवेशमा नेपालको पर्यटनका लागि स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छताको आवस्यकता एवं प्रभाव” जस्ता विषयमा प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमको निणार्यक मण्डलको रुपमा पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाल, पाटा नेपालका अध्यक्ष बिभुति चन्द ठाकुर र निर्वतमान अध्यक्ष सुनिल शाक्यले सहभागीहरुको बोल्ने कला र दक्षता को मूल्यांकन गर्नुभएको थियो ।
अप्रिल १७ मा आयोजित मिड–भ्याली इन्टरनेश्नल कलेजमा आयोजित “टुरिज्म एण्ड हस्पिट्यालिटी क्विज“ प्रतियोगिता मा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी (नाथम) विजेता बन्यो भने काठमान्डू एकेडेमी अफ टुरिजम एण्ड हस्पिट्यालिटी (क्याथ) पहिलो उपविजेता र मिड–भ्याली इन्टरनेश्नल कलेज (एमभीआइसी) दोस्रो उपविजेता बने ।
अप्रिल १८ मा ग्लोबल कलेज इन्टरनेश्नलमा आयोजित “कन्टेन्ट राइटिङ्ग प्रतियोगिता“ मा नाथम की छात्रा अनुस्का प्रधानले प्रथम स्थान, लिटिल एन्जल्स कलेजकी छात्रा आकृति राउतले द्वितीय स्थान र एनसीटीटीएम कलेजकी स्वस्तिकाले सापकोटाले तृतीय स्थान हासिल गरिन । उक्त प्रतियोगिताको मुल्यांकन दीपक राज जोशी ले गर्नुभएको थियो।
त्यसैगरी, अप्रिल १९ मा आयोजित “पाटा फुटसल टुर्नामेन्ट“ प्रतियोगितामा छात्र तर्फ गेट कलेज र छात्रा तर्फ जिसीआइ ले क्रमशः लिटिल एन्जल्स र एनसिटीटीएम लाई फाईनलमा पराजित गर्दै प्रतियोगिाको उपाधि हात पारेका छन। छात्र तर्फको विजेता टोली गेट कलेजका खेलाडीहरु सौरव खड्काले उत्कृष्ट गोल किपर र सुशान्त श्रेष्ठ ले उत्कृष्ट खेलाडीको उपाधी हात पारे भने छात्राहरु तर्फको विजेता टोली जिसिआइ बाट पासांग यांग्जी शेर्पाले उत्कृष्ट गोलकिपर तथा उपविजेता टोलीबाट क्विसांग तामांग ले उत्कृष्ट खेलाडीको उपाधी हात पारेकी छिन ।
साथै, बढ्दो कोभिड संक्रमण र नेपाल सरकारले हालसालै गरेको निर्णयको पालना गर्दै पाटा नेपाल च्याप्टरले “नेपाली मौलिक खानाको अन्वेषण“ थीम अन्तर्गत २४ अप्रिल मा आयोजना गर्ने भनेको “युवा पर्यटन प्रोफेशनल सेफ कम्पिटिशन” अर्को अनुकुल मितिमा आयोजना गर्नेगरी स्थगन गरेको छ ।












