देशभरि लकडाउन हुँदैन तर आंशिक लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री ज्ञवाली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

देशभरि लकडाउन हुँदैन तर आंशिक लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री ज्ञवाली



कामठाडौं । आंशिक लकडाउन गर्ने तर पूर्ण रुपमा लकडाउन नगर्ने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली जानकारी दिएका छन् । पछिल्लो समय कोरोना संक्रमण दर दैनिक रुपमा बढिरहेको छ । कोारेना संक्रमण बढ्दै गएपछि केही साता लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो ।

तर मन्त्री ज्ञवालीले कोरोना रोकथाम तथा न्यूनीकरण गर्न लकडाउन नै सबै उपाय नभएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान होइन, अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।”


प्रतिक्रिया दिनुहोस्