कोरोना हटस्पटहरुमा लकडाउन जारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । कोरोना हटस्पटहरुमा लकडाउन जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन ।
कोरोना महामारीलाई मध्ये नजर गर्दै आवश्यकता अनुसार लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन हुन ।प्रधानमन्त्री ओलीले संक्रमित संख्या बढी भएका जिल्लाहरुमा आवश्यकता अनुसार लकडाउन गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
तत्कालका लागि भने सरकारले देशव्यापी लकडाउन नगर्ने परराष्ट्र मन्त्री एवं एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसका साथै बैठकमा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा एकजुट भई खट्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् ।













