२ कार्तिक २०८३, सोमबार

बेष्ट फाइनान्सको नाफामा १७.३६ प्रतिशत बृद्धि, निक्षेप संकलन २ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ



काठमाडौं । बेष्ट फाइनान्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७.३६ प्रतिशतले बढेर ७ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तर यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २७.५१ प्रतिशत घटेर ८ करोड ७७ रुपैयाँमा सीमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १२ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो । फाइनान्सको सञ्चालन मुनाफा २५.३१ प्रतिशतले घटेर ६ करोड ४८ लाख रुपैयाँमा सिमित भएको छ ।

यस अवधिमा फाइनान्सको निक्षेप संकलन १८.८३ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ, कर्जा ९.८७ प्रतिशतले घटेर १ अर्ब ७४ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ । । फाइनान्सको शेयरधनी कोषमा ३० लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

फाइनान्स्को वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४५ पैसा छ । प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ६४ पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १४.८५ गुणा रहेको छ ।