माधव कुमार नेपाललाई सर्वाेच्चको झड्काः कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश (पत्रसहित)
काठमाडौं । सर्वाेच्च अदालतले माधव कुमार नेपाल सहितका नेताले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए ।
नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले आफूहरुमाथिको कारबाही हाल यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन सर्वाेच्च अदालतमा अन्तरिम आदेश माग गरेका थिए ।
तर, सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

















