२४ भदौ २०८३, बुधबार

ऊर्जामन्त्री रायमाझीलाई पनि कोरोना



काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो गरेको परीक्षणमा उनमा संक्रमण देखिएको हो । संक्रमण भएपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी दिएको छ ।