छिमेक लघुवित्तको नाफामा छलाङ, ६० प्रतिशतले उकालो लाग्यो
काठमाडौं । छिमेक लघुवित्तको नाफा ५९.८९ प्रतिशतले उकालो लागेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा लघुवित्तले ९५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको त’लनामा ५९.८९ नाफा प्रतिशत बढी हो ।
त्यस्तैगरी २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानि गरेको छ ।
त्यस्तै कम्पनिको खुद ब्याज आम्दानी २०।९० प्रतिशतले बढेको छ । यस वर्ष यस अवधिमा लघुवित्तले १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको सञ्चालन मुनाफा ६७.४३ प्रतिशतले उकालो लागेर एक अर्ब ३८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.५८ गुणा बढी रहेको छ । लघुवित्तको चुक्ता पूँजी एक अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा दुई अर्ब ९० करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।















