२४ भदौ २०८३, बुधबार

पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिनु : स्वास्थ्य मन्त्रालय



काठमाण्डौ । अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चेतावनी दिएको छ ।

सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन आग्रह गदै आज स्वास्थ्य मन्त्रालय एक पत्र निकालेर चेतावनी दिएको छ ।

मन्त्रालयले यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने उक् पत्रमा उल्लेख गरिएको छ ।