बैंक अफ काठमाण्डूको ब्याज आम्दानी १८.१६ प्रतिशतले घटेपनि नाफा ३३.८७ प्रतिशतले बढ्यो
काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा बैंकले चालु आवमा ३३.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.१६ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँमा सिमित भएको छ । गत आवको यस अवधिमा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन नाफा ३५.५५ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा भने ९ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८५ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको निक्षेप संकलन ४.८६ प्रतिशत बढेर ९६ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, कर्जा लगानी २२.२७ प्रतिशतले बढेर ९२ अर्ब ७७ करोड ९२ लाख रुपैयाँ, चुक्ता पूँजी १३ प्रतिशतले बढेर ९ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ ।













