वाग्मती प्रदेशमा ४ जना मन्त्री थपिए, दिउँसो ४ बजे शपथ गराईने
काठमाडौं । वाग्मती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री सहित ४ जना मन्त्री थपिएका छन् । बुधबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ ४ मन्त्री थप गर्दै नयाँ मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नयाँ मन्त्री बन्नेमा केशवराज पाण्डे, सरेश नेपाल, सरस्वती बस्नेत र डा. रामकुमार अधिकारीलाई मन्त्रीका लागि सिफारिश गरिएको स्रोतले जानकारी दिएको छ ।
चारै जनालाई कुन मन्त्री पद दिने भनेर पनि पक्कापक्की भैसेको छ । केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा। रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरिएको स्रोतले बताएको छ ।
थपिएका मन्त्रीहरुको शपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।















