२४ भदौ २०८३, बुधबार

बुधबार थप ४ हजार ७७४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ जना पुगेका छन् । देशभरिका विभिन्न प्रयोगशालामा १४ हजार ८३४ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा एन्टिजेन ९५५ जनामा र १३ हजार ८७९ जनामा पीसीआर परिक्षण गरिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ७ सय ७३ जना रहेका छन् । योसँगै संक्रमणमुक्त भएर घर फर्किनेको कूल संख्या २ लाख ७९ हजार २७९ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २११ जना रहेका छन् ।