सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ सहयोग गर्यो
काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क रु १ सयमा गुणस्तरीय शिक्षा दिदै आएको समता शैक्षिक गुठीलाई रु ३ लाख सहयोग गरेको छ ।
बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु ५० हजारका दरले हुने गरी कुल रु ३ लाख सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पुर्याउने जनाएको छ ।
बुधबार एक कार्यक्रमकाबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई रु ३ लाखको चेक हस्तान्तरण गर्नु हुदैं गुठीले गरेको कामको प्रशंसा गर्नुभयो । यस्तै दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने जनाउनुभयो ।
सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।











