सरकार जोगाइदिएका मनाङ्गेलाई गण्डकीका मुख्यमन्त्रीले दिए मन्त्री उपहार
काठमाडौं । बुधबार गढण्डकी प्रदेश सभामा अविश्वासको प्रश्ताव पेश हुँदा मोवाइल अफ गरेर बेपत्ता बनेका दिपक मनाङ्गेको नामले परिचित राजिव गुरुङलाई मन्त्री पद उपहार दिइएको छ ।
गुरुङसहित जनमोर्चाका २ सांसद अनउपस्थित भएपछि बुधबार प्रदेशसभामा अविश्वासको प्रश्ताव पाश हुन सकेन । सरकार गिर्नबाट जोगिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङ्गेलाई मन्त्रीमा नियुक्त गरेका हुन ।
स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट प्रदेश सदस्यमा निर्वाचित मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । वर्तमान फोहोरी राजनितीको विरोध गर्दै आएका मनाङ्गे प्रदेशसभमा अविश्वासको प्रश्तावको पक्षमा उभिएका थिए ।













