१८ भदौ २०८३, बिहिबार

अत्यावश्यक बाहेकका कार्यालयहरुमा एक चौथाई मात्रै कर्मचारी राखेर सहजिकरण गर्ने निर्णय , यस्ता छन् सीसीएमसीका निर्णयहरु ?



काठमाडौ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अत्यावश्यक बाहेकका कार्यालयहरुमा एक चौथाई मात्रै कर्मचारी राखेर सहजिकरण गर्ने निर्णय गरेको छ ।

यसअन्तर्गत सरकारी कार्यालय तथा बैंक र वित्तीय संस्थाहरुले अब एक चौथाई मात्रै कर्मचारी राखेर सेवा प्रदान गर्ने छन ।

हिजो बसेको सीसीएमसीको बैठकले निर्माण कार्यमा भइरहेको कार्यलाई निरन्तरता दिनका लागि श्रमिकहरुलाई कार्यस्थलमै खाने बस्ने व्यवस्था गर्ने तथा आवश्यक स्वास्थ्य मापदण्डलाई अनिवार्य प्रयोग गर्ने गराउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले होटल क्वारेन्टिन नमान्ने नेपालीलाई जरिवाना गर्ने तथा विदेशीलाई डिपोर्ट गर्ने पनि निर्णय गरेको छ ।

यस्ता छन् सीसीएमसीका निर्णयहरु :