२७ श्रावण २०८३, बुधबार

एकल सरकार बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुखको कार्यालयमा पोखरेलले राजीनामा पेश गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताएका छन् । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।

लम्बिनी प्रदेशसभामा जसपाका ४ सांसद पदमुक्त भएपछि ८१ सदस्यमात्र रहेका छन । जसमा एमालेका ४१ सांसद रहेका छन । एकल बहुमतको सरकार बनाउन चाहिने ४१ सांसद एमाले एक्लै पुग्ने भएकाले पोखरेद पुनः खुख्यमन्त्री बन्ने निष्चीत भएको छ ।


प्रदेशसभामा अविश्वासको पक्षमा आजै मतदान हुने कार्यसुचि रहेको थयो । तर सो अगावै मुख्यमन्त्री पोखरेलले राजिनामा दिएका हुन ।